जब्बर चोलेन्द्र, सर्वोच्चमा रमिता, गेटमै प्रहरी परिचालन

September 18, 2022 10:36 am

काठमाडौं । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको जिकिरसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा आज सर्वोच्च अदालत फर्किन लागेका छन् ।

राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु राणालाई रोक्न सर्वोच्च गेटमै धर्ना बस्ने तयारीमा छन् । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ ।

राणा अदालत आएमा के हुन्छ रु अहिले सर्वोच्च परिसरमा रमिता चलिरहेको छ । यहाँ के हुन्छ भनेर सर्वसाधारण रमिते भएर वारीपारी बसेर हेरिरहेका छन् ।

          September 18, 2022 10:36 am | मिडियाबाट साभार,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: