हकदावी सम्बन्धी एनएमसी चारआली कार्यालयको १५ दिने सार्वजनिक सूचना

September 15, 2022 7:46 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/०५/२८

जिल्ला झापा मेचीनगर ११ बस्ने स्व. ऐमानसिंह कटुवाल (सदस्य नं. १४७३६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल श्रावण २४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर ११ बस्ने निजका श्रीमती बाटुला कटुवालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७९ साल भाद्र १९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारआली कार्यालय

          September 15, 2022 7:46 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: