शिवसताक्षीमा पनि गठन गरियो सहकारी समन्वय समिति

September 12, 2022 8:19 pm

शिवसताक्षी । झापा जिल्ला सहकारी संघले आज शिवसताक्षीमा पालिका सहकारी समन्वय समिति गठन गरेको छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा नगरपालिकाको सभाकक्षमा आयोजित सहकारीकर्मीहरुको भेलाले ९ सदस्यीय पालिका सहकारी समन्वय समिति गठन गरेको हो ।

पाँचगाछी साना किसान कृषि सहकारी संस्थाका राजनारायण राजवंशीको संयोजकत्वमा ९ सदस्यीय शिवसताक्षी नगरपालिका सहकारी समन्वय समिति गठन गरिएको हो ।

झापा जिल्ला सहकारी संघका व्यवस्थापक सञ्जु देवानका अनुसार समन्वय समितिको सहसंयोजकमा माइवेनी कृषि सहकारी संस्थाका रोहिता भट्टराई, सचिवमा धरमपुर साकोसका कुमार शंकर र सहसचिवमा माता नवदुर्गा सहकारी संस्थाका मचेन्द्रकुमार सम्बाहाम्फे सर्वसम्मत चयन भएका छन् ।

नवगठित समन्वय समितिका सदस्यहरुमा शुभमंगल महिला कृषि सहकारी संस्थाका अनिता पोखरेल अधिकारी, सेवारो साकोसका दुर्गादेवी मगर, शिवगञ्ज साना किसान कृषि सहकारी संस्थाका सन्तकुमार खड्का, जनआस्था साकोसका जयश्वर आङ्दम्बे र हाम्रो हातेमालो कृषि सहकारीका तेजेन्द्र घिमिरे चयन भएका छन् ।

नगर क्षेत्रमा सञ्चालित सहकारी संस्थाका २३ जना प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलामा जिल्ला संघका सञ्चालक ढुण्डीराज गुरागाईंले प्रतिनिधित्व गरेका थिए । भेलाको अध्यक्षता राजनारायण राजवंशीले गरेका थिए ।

          September 12, 2022 8:19 pm | मुख्य समाचार,लोकप्रिय,सहकारी,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: