कक्षा ११ का विद्यार्थीलाई मनकामना माविले गरायो अभिमुखीकरण

September 9, 2022 2:24 pm

बिर्तामोड । यहाँस्थित मनकामना कलेज तथा माद्यमिक विद्यालयले हालै कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आज विशेष कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा एजुकेशनल कोअर्डिनेटर कुमार थपलियासहित विभागीय प्रमुखहरुले विद्यालयको नीति, नियम आचार संहिताबारे प्रकाश पारेका थिए ।

कोअर्डिनेटर थपलियाले विद्यार्थीहरुलाई क्याम्पस परिसरभित्र पालना गर्नुपर्ने आचारसंहिता तथा अनुशासनका विषयसँगै मनकामनाको दुई दशक लामो यात्राबारे प्रकाश पारेका थिए । मनकामनाबाट उत्पादित जनशक्तिहरुले प्रहरी, प्रशासन, शिक्षण, पत्रकारिता, बैंक, व्यवसाय लगायतका क्षेत्रमा आफ्नो परिचय बनाउन सकेको अवगत गराए ।

बिर्तामोडको एक पार्टी प्यालेसमा सम्पन्न दिवा भोजसहितको उक्त कार्यक्रममा विभागीय प्रमुखहरु विजय तिम्सिना, भेषराज चौंलागाई, सुधिर सुवेदी र उदयकुमार कटुवालले विषयगत मन्तब्यसहित विद्यार्थीलाई अभिमुख गरेका थिए ।

पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख गोपाल काफ्लेले सञ्चालन गरेको कार्यक्रममा अंग्रेजी विषयका अध्यापक शुभला तामाङले शाब्दिक स्वागत गरेकी थिइन् ।

सो कार्यक्रममा नेपाल आइडलका फाइनलिष्ट गायक प्रताप दाशले केही गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । नेपाली चलचित्र ‘प्रेमगीत ३’ को प्रचार अभियानमा कार्यकारी निर्माता चक्रबहादुर चन्दसहितको टोली झापा आएको अवसरमा गायक दाशले मनकामनाका विद्यार्थीहरुलाई गीतमार्फत् मनोरञ्जन दिलाएका हुन् ।

उक्त अवसरमा छात्रा अनामिका पौडेल, छात्र देवराज ऋषिदेव र सन्देश बिकले गीत गाएका थिए भने छात्रा सुवर्ण तामाङले उच्च अध्ययनका लागि मनकामना कलेज तथा विद्यालय रोज्न पाएकोमा गौरव लागेको बताएकी छन् ।

          September 9, 2022 2:24 pm | गीत/संगीत/मनोरञ्जन,मुख्य समाचार,शिक्षा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: