हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

September 4, 2022 10:30 am

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/५/१७

जिल्ला झापा भद्रपुर– १० बस्ने स्व. जसना राजवंशी (सदस्य नं. ९३५६)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल साउन ४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर– १० बस्ने निजकी आमा झरी राजवंशीले आफ्नो छोरीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७९ साल साउन २४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चन्द्रगढी सेवा केन्द्र कार्यालय

          September 4, 2022 10:30 am | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: