प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

August 15, 2022 8:52 pm

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा, प्रदेश १ को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको “प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९” लाई प्रमाणीकरण गरेका छन् ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्टाफ कलेजको स्वरूपमा झापाको चन्द्रगढीस्थित कलवलगुढीमा केन्द्रीय कार्यालय रहने गरी सञ्चालन गरिनेछ ।

प्रदेश सरकार मातहतका, स्थानीय सरकार, संघ–संस्थाका मानवीय जनशक्तिलाई सक्षम बनाउन प्रशिक्षण प्रतिष्ठान महसुस गरे अनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७९’ को प्रस्ताव पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष आएको थियो ।

          August 15, 2022 8:52 pm | प्रदेश तह,मुख्य समाचार,राजनीति,शिक्षा

प्रतिकृयाहरू :

समाचारहरु: