धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

August 15, 2022 7:08 pm

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आज श्रावणको अन्तिम सोमबार पारेर लायन्स क्लब अफ शिवसताक्षीको आयोजनामा भएको रक्तदानमा ७५ प्रिन्ट रगत संकलन गरेको छ ।

सुन्सरीको विपी कोइराला विज्ञान प्रतिष्ठानमा रगतको अभाव भएपछि लाइन्स क्लब शिवसताक्षीले रक्तदान कार्यक्रम गरेको लायन्स क्लबका वर्तमान अध्यक्ष राजकुमार संग्रौलाले जानकारी दिए । सताक्षीधाममा बोलबमका लागि आउने भक्तजनले स्वस्फूर्त रुपमा रक्तदानमा सहभागीता रहेको लायन्स क्लब अफ शिवसताक्षीले जनाएको छ।

रक्तदानमा सुन्सरी रक्तदाता समूहको प्राविधिक सहयोग रहेको थियो । लायन्स क्लब अफ शिवसताक्षीले बोलबममा आउने भक्तजनहरुलाई प्रसाद समेत वितरण गरेको हो । लायन्स क्लब अफ विर्तामोड लेडी र लायन्स क्लब अफ शिवसताक्षीको संयुक्त आयोजनामा प्रसाद वितरण गरिएको थियो । रक्तदान कार्यक्रममा लायन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रसिन्ड यामनाथ काफ्ले लगायत सम्पूर्ण लायन्स क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

          August 15, 2022 7:08 pm | समाज

प्रतिकृयाहरू :

समाचारहरु: