थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

August 15, 2022 5:35 pm

काठमाडौ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

          August 15, 2022 5:35 pm | मिडियाबाट साभार,मुख्य समाचार,विविधा,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: