

‘भद्रपुर महोत्सव’ सञ्चालनमा

भद्रपुर । झापा सदरमुकाम भद्रपुरको खस्कँदो व्यापार–व्यवसायलाई चलायमान गराउने उद्देश्यले ‘भद्रपुर महोत्सव’ शुरु भएको छ ।
संस्थाको अक्षयकोष स्थापना गर्ने, स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, साँस्कृतिक क्षेत्रको संरक्षण र विकास, सामाजिक विकृति–विसंगति न्यूनीकरण, भद्रपुरको पहिचान विस्तार, कला–संस्कृतिको संरक्षण–सम्बद्र्धन लगायतका उद्देश्य राखी भद्रपुर युवा परिवारको आयोजनामा ‘भद्रपुर महोत्सव’ सञ्चालन गरिएको हो ।
खेलकुद लगायत सामाजिक गतिविधिमा सक्रिय भद्रपुर युवा क्लवले जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकाबाट स्वीकृति लिई ‘भद्रपुर महोत्सव’ आयोजना गरेको क्लवका अध्यक्ष बिर्जु सहनीले जानकारी दिए ।
महोत्सवमा व्यावसायिक स्टलहरुका साथै रमाइलो मेला, बाटबाटिका र मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । १५ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव वर्षका कारण दुई दिन पछि धकेलिएको थियो ।
महोत्सवमा रोटेपिङ, मौतका कुवाजस्ता रमाइलो मेला, बालबालिकाको मनोरञ्जनका लागि सानाखाले पिङहरु, विभिन्न खेल–तमासा रहेका छन् भने दैनिक स्थानीय कलाकारहरुको प्रस्तुति रहेको क्लवका सदस्य कृष्ण वनले बताए ।
महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । पहिलो इण्डियन आइडल विजेता, लोकप्रिय गायक प्रशान्त तामाङ लगायत डम्बर नेपाली, ज्योति मगर, अमित पल, मेलिना राई, रेजिना रिमाल, कमल खत्री, निशान भट्टराई, र्यापर माइला, प्रिती आले र हर्के हवल्दारको प्रस्तुति रहने क्लवका सचिव सिकेन्द्र यादवले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न लगभग २७ लाख रुपैयाँ खर्च हुने र सो रकम विभिन्न प्रायोजक, संघ–संस्था, स्टल बिक्री, कलाकारहरु आउँदाको टिकल बिक्रीबाट जुटाइने कोषाध्यक्ष रवि मुखियाको भनाई छ ।
अवलोकनकर्ताहरुको आगमनलाई हेरेर महोत्सवको समयावधि हेरफेर हुनसक्ने अध्यक्ष सहनीको भनाई छ ।
August 5, 2022 2:48 pm | अर्थतन्त्र,मुख्य समाचार,समाज,स्थानीय तह
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
