

लायन्स क्लब अफ शिवसताक्षीको पाँचौ पदहस्तान्तरण, अध्यक्ष संग्रौलाले लिए सपथ

शिवसताक्षी । शिवसताक्षी लायन्स क्बलले पाँचौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्डम पार्कमा एक कार्यक्रम गरी लायन्सले पाँचौ पद हस्तान्तरण सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन लायन्सका डिस्ट्रिक गभर्नर धिरज गरुङ्गले गरेका थिए । पद हस्तान्तरणमा शिवसताक्षी लायन्स क्लबका वर्ष २०२१ ÷०२२ अध्यक्ष चन्द्रप्रसाद खनाले वर्ष २०२२ ÷०२३ का अध्यक्ष राजकुमार संग्रौलालाई व्याज हस्तान्तरण गरेका थिए । त्यसैगरी नव निर्वाचत लायन्सका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष दुर्गाप्रसाद भट्टराई, द्वितीय उपाध्यक्ष गणेश घिमिरे, गंगाधर तिम्सिना, सचिव डिल्ली रमण खतिवडा, कोषाध्यक्ष मदन बास्तोलालाई गर्भनर गुरुङ्गले व्याज लगाईदिएका थिए ।
कार्यक्रममा वर्ष २०२२÷०२३ का अध्यक्ष चन्द्रप्रसाद खनालले आफ्नो कार्यकालमा कोभिडको महामारीको बेला पनि समाज रुपान्तरणका लागि निस्वार्थ भावनाले काम गरेको बताए । उनले आफ्नो कार्यकालमा पुरा गर्न नसकिएका कामहरु नव निर्वाचित अध्यक्षलाई सहयोग गर्दै पुरा गर्ने बचन दिए । लायन्स क्लबका वन विर्नाचित अध्यक्ष संग्रौलाले आफ्नो कार्यकालमा १० हजार कापी शिवसताक्षीका विपन्न परिवारका बालबालिकाहरुलाई वितरण गर्ने समेत घोषणा गरे ।
डिस्ट्रिक गभर्नर गुरुङ्गले लायन्स अन्तराष्ट्रिय स्तरको सामाजिक संस्था भएकाले सकारात्मक सोच भएका सबैलाई यस समाजिक अभियानमा जाडिन आग्रह गरे । लायन्सले समाज भएका दुःखी, गरिवी, विपन्न, असाहयलगायत सबै वर्गका मानिसहरुको दुःख पीडामा मलम पट्टी लगाउने काम गर्ने बताए । लायन्स क्लब अफ शिवसताक्षीले छोटो समयमा गरेको कामको उनले प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा शिवसताक्षी लाइन्स क्लबमा चार्टर पेसिडेन्ट यामनाथ काफ्ले, क्याविट सेक्रेटरी लिला चिमोरिया, जि.डि.एस. टि.ला. इन्द्र खत्री, शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेवदिन लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गणेश घिमिरेले गरेका थिए ।
August 4, 2022 8:58 pm | विविधा,समाज
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
