

भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा

बिर्तामोड । झापाको बिर्ताबजारमा भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ४ बिर्ताबजार चोकदेखि पूर्वपट्टी मण्डाचोकमा डाईग्नोष्टिक सेन्टर आज बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।
प्रसुति, स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा.ममता घिराइया राजवंशी र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. रणधिर राजवंशीले भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
भारतमा फेलोसिप इन इन्फर्टीलिटी एण्ड रिप्रडक्टीभ मेडिसीन सम्बन्धी अध्ययन गरेर आएकी प्रसूति, स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ डा. ममता घिराइया राजवंशीले आफूले विशेषज्ञता हासिल गरेको विषयलाई व्यवहारमा उतार्दै बाँझोपनको समस्याबाट पीडितहरुका लागि सर्वसुलभ दरमा परामर्श तथा उपचार गर्नका लागि भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएको बताइन् ।
डाइग्नोष्टिक सेन्टरबाट डा. ममता घिराइया राजवंशीले बाँझोपन तथा निसन्तान दम्पतीको उपचार एवं परामर्श, महिनावारी गडबडी, महिनावारी हुँदा अत्याधिक तल्लोपेट दुख्ने, पिसाब सम्बन्धी रोगहरु, पिसाब गर्दा दुख्ने वा पोल्ने, सेतो पानी बग्ने वा गन्हाउने समस्याको परीक्षण गराउन पाउनेछन् ।
सो सेन्टरबाट यौन समस्या, यौन चाहानामा कमी आउने, यौनांग रातो हुने, चिलाउने, गाँठागुठी आउने, योनी दुख्ने, पोल्ने, महिलाको स्तन दुख्ने वा गाँठागुठी हुने समस्याको उपचार तथा परामर्श सेवा दिइने डा. राजवंशीले बताइन् ।
भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टरको उद्घाटन डा. राजवंशीका बुवा आमा भूपेन्द्र राजवंशी र सुभद्रा राजवंशीले गरेका थिए । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र गोलधापकी ब्रह्मकुमारी हरिताले वैदिक विधिपूर्वक मन्त्रोच्चारण गरी उद्घाटन गरिएको हो ।
कार्यक्रममा चेम्बर अफ कमर्श प्रदेश १ उपाध्यक्ष सन्तोष अग्रवाल, कनकाई–९ का निवर्तमान वडाध्यक्ष प्रेमप्रसाद राजवंशी, कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशी, समाजसेवी हरिप्रसाद कडरिया, मारवाडी महिला मञ्चकी उपाध्यक्ष रेखा अग्रवाल लगायतले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।
August 4, 2022 8:10 pm | अर्थतन्त्र,मुख्य समाचार,समाज,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
