नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

August 4, 2022 1:05 pm

काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

          August 4, 2022 1:05 pm | मिडियाबाट साभार,विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित