हिमालयन एभरेष्टले दियो २० लाख बीमा रकम

August 3, 2022 7:41 pm

बिर्तामोड । हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेड बिर्तामोड शाखाले दुर्घटना बीमा वापत विमितलाई २० लाख रुपैयाँभन्दा बढी दावी भुक्तानी उपलब्ध गराएको छ ।

कम्पनीले मातृ भाग्यरेखा यातायात एण्ड अटोमोबाइल्सलाई दुर्घटना बीमा वापत २० लाख ६९ हजार २२५ रुपैयाँ प्रदान गरेको हो । शाखा प्रबन्धक लेखनाथ पोखरेलले विमित मातृ भाग्यरेखा यातायात एण्ड अटोमोबाइल्सका अध्यक्ष खड्गप्रसाद दाहाललाई बीमा वापतको चेक हस्तान्तरण गरेका हुन् ।

पाँच वर्षअघि बिर्तामोडमा हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडको शाखा स्थापना भएको हो । नन–लाइफ इन्सुरेन्स गर्दै आएको कम्पनीको बिर्तामोड शाखाले हालसम्म १० हजार ३३७ जनाको बीमा गराइसकेको शाखा प्रबन्धक पोखरेलले जानकारी दिएका छन् ।

          August 3, 2022 7:41 pm | अर्थतन्त्र,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित