

पौडी खेल्ने क्रममा बेपत्ता भएका खरेल मृत फेला

कमल । यहाँस्थित ढ्यांग्री खोलामा पौडी खेल्ले क्रममा हिजो वेपत्ता भएका एक युवक आज बिहान मृत फेला परेका छन् । कमल गाउँपालिका वडा नं. १ स्थित ढ्यांग्री खोलामा मंगलबार पौडी खेल्ले क्रममा स्थानीय उज्जवल खरेल बेपत्ता थिए ।
पौडी खेल्ले क्रममा खोला बेपत्ता भएका खरेललाई स्थानीयले उद्धार गर्न नसके पछि प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी बल इटहरीबाट आएको गोताखोरको टोलीले आज बिहान सवा ८ बजे पानीको तल्लो सतहमा मृत अवस्थामा खरेलको शव फेला पारेको सशस्त्र प्रहरी बल २ नम्वर गण झापाले जनाएको छ ।
१७ वर्षीय खरेल आफ्ना साथीहरुसँग कमल गाउँपालिका १ र बैगुनधुराको सीमानामा पर्ने ढ्यांग्री खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । मृतक खरेल यसैवर्ष बैगुनधुरा स्कूलबाट एसईई उत्तीर्ण थिए ।
खरेलको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको कमल गाउँपालिका वडा १ का वडाध्यक्ष केदार कटुवालले जानकारी दिएका छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
