कनकाई नदिमा बाढी आएपछि जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

August 2, 2022 8:47 pm

शिवसताक्षी । शिवसताक्षी १० का नयाँ बस्तीमा नदि कटानबाट जोखिम एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

दुई दिन देखि आएको अविरल वर्षाको कारण झापाको कनकाई नदिमा भएको बाढी कटानका कारण स्थानीय इन्द्रबहादुर कालीकोटेको ७ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

कनकाई नदि कटानले घरै बगाउने स्थिति भएपछि जोखिम परिवारलाई शिवसताक्षी १० कै पदम बरालको घरमा सारिएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । उनले जोखिम परिवारलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जोखिम परिवारलाई माइधारको प्रहरी विटका सुरक्षा कर्मी, स्थानीय बासीले नगरपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको हो ।

कनकाई नदिमा आएको बाढीले शिवसताक्षी ५ को एक गाउँ नै जोखिममा रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । आज शिवसताक्षी नगरपालिकाको उपप्रमुख सहितको टोलीले जोखिम क्षेत्रको अवलोकन गरेको हो ।

          August 2, 2022 8:47 pm | मुख्य समाचार,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित