

एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’

मेचीनगर । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियो आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
उक्त म्युजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान गरिएको छ । चार मिनेट २० सेकेण्डको म्यूजिक भिडियोमा पुरानो परम्परा र नयाँ पुस्ताको युगको अन्तरलाई बुझाउने कोसिस गरिएको छ ।
म्यूजिक भिडियोको सुटिङ मेचीनगर–३ को विभिन्न स्थान, टोकला चिया बगन र काँकरभिट्टामा गरिएको हो ।
मेचीनगर–३ स्थित थेसिस इङ्लिस स्कूलबाट भर्खरै एसईई पास गरेका नवोदित कलाकार रुचालले म्यूजिक भिडियोमा अघि बढ्ने सपना रहेको बताए ।
रुचाल पाँच वर्षदेखि म्यूजिक भिडियोको प्रशिक्षणमा छन् । उनलाई म्यूजिक भिडियोका प्रशिक्षक अर्जुन दाहालले प्रशिक्षण दिइरहेका छन् ।
म्यूजिक भिडियोमा कलाकारहरु सोही स्कूलका कक्षा १० मा अध्ययनरत छात्रा रितिका योगी, परिवर्तन थिएटरका कलाकार लोमस पौडेल लगायतको अभिनय रहेको छ ।
July 31, 2022 8:19 pm | गीत/संगीत/मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
