आज ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

July 31, 2022 4:39 pm

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । जसमध्‍ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।

यस्तै पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् ।

          July 31, 2022 4:39 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित