

साहित्य चौतारी २४औँ वर्षमा, विशेष कार्यक्रम गरी मनाइँदै

बिर्तामोड । साहित्य चौतारी झापा आजदेखि २४औँ वर्षमा प्रवेश गरेको छ । झापाली साहित्यको विकास र प्रवद्र्धनमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको चौतारीले २३ वर्ष बिताएको हो ।
शुक्रवार चौतारीले २३औँ वार्षिकोत्सव मनाउँदैछ । झापाको साहित्यिक अभियानको दुई दशकभन्दा लामो यो दौरानमा साहित्य चौतारी कोसेढुंगा सावित भएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ बताउँछन् ।
२०५६ साल असार ३१ गते साहित्य चौतारीको स्थापना भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको बाहुलीबाट उद्घाटन भएको चौतारीले साहित्य, संगीत, कला, भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।
दिवंगत मातापिता स्व. भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमार श्रेष्ठ र स्व. धनमाया बिमलीको स्मृतिमा देवीभक्त श्रेष्ठ र उर्मिला बिमलीको अग्रसरतामा स्थापना भएको संस्थाले दर्जनौँ प्रतिभाशाली कलाकार जन्माएको छ ।
‘साहित्य चौतारीको उर्वर भूमिबाट धेरै प्रतिभाशाली स्रष्टा सर्जक जन्मिएका छन्’ संरक्षक श्रेष्ठले भने, ‘चौतारीले हुर्काई बढाई गरेका प्रतिभाले देशव्यापी चर्चा कमाएको देख्दा गौरवले छाती साँच्चै ठूलो हुन्छ ।’
साहित्य चौतारीको काव्यसभाबाट खारिएका धेरै स्रष्टा सर्जक देशभित्र र बाहिर चर्चित छन् । साहित्य चौतारीको गौरवपूर्ण इतिहाससँग जोडिएका धेरै प्रतिभाले राष्ट्रियरुपमा आफूलाई स्थापित गरेको सचिव खगिन्द्रा खुशी बताउँछिन् ।
साहित्य, संस्कृति, कला र भाषाको संरक्षण अभियानलाई निरन्तरता दिँदै यसवर्ष २३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव तथा भानु जयन्तीको अवसरमा यसवर्ष पूर्व क्षेत्रका शास्त्रीय संगीतका विद्वान कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गरिएको छ ।
July 15, 2022 1:39 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,सहकारी
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
