

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गरेका छन् । नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन पनि निजी क्षेत्रलाई सचेत गराए । नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताए । त्यसका लागि सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने तर लगानी भने निजी क्षेत्रले गर्दा हुने उनले बताए । राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रबाट नेपालमा ठूलो इकोनोमिक एक्टिभिटी हुने भएकाले यसमा लगानी गर्नेहरुको भविष्य राम्रो रहेको पनि दोहोर्याए ।
June 24, 2022 3:41 pm | राष्ट्रिय समाचार,शिक्षा
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
