
५३३ जनाको नक्कली लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट सच्याएर ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ ।
तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यस्तै हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यउपर पनि मुद्दा दायर भएको छ । उनीहरु बिचौलिया रहेको अख्तियारको दाबी छ ।
June 21, 2022 4:49 pm | मिडियाबाट साभार,मुख्य समाचार,राष्ट्रिय समाचार,समाजप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
