सिम्रिक साकोसले गर्यो भूजेलको डेढ लाख रुपैयाँ कर्जा मिनाह

June 9, 2022 8:50 pm

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एकजना ऋणि सदस्यको असामयिक निधन भएपछि एक लाख ४० हजार रुपैयाँ ऋण मिनाह गरिदिएको छ ।

सिम्रिक साकोसले पाडाजुँगी सेवाकेन्द्र अन्तर्गत कमल गाउँपालिका वडा नं. ३, का शेयर सदस्य दिपक भुजेलको नाममा रहेको कर्जा रकम एक लाख ४० हजार ९५ रुपैयाँ मिनाहा गरिदिएको हो ।

गत २०७८ माघ २७ गते भुजेलले संस्थाबाट ब्यवसायिक प्रयोजनका लागि एक लाख ५५ हजार रुपैयाँ कर्जा लिएकोमा नियमित सावाँ ब्याज बुझाउँदै आएका उनको असामयिक निधन भएको पाडाजुँगी सेवाकेन्द्र प्रमुख देवीमाया योगीले बताइन् ।

स्वर्गीय भूजेलको घरमा नै पुगेर आज परिवारजनलाई सहानुभूति प्रकट गर्दै संस्थाका सञ्चालक समिति सदस्य नविन योगीले कर्जा मिनाहा गरेको पत्र प्रदान गरेका हुन् ।

संस्थाको कर्जा नीतिअनुसार शेयर सदस्यले लिएको कर्जा तिरिनसकी सदस्यको मृत्यु भएमा घर परिवारलाई आर्थिक बोझ नहोस् र कर्जा तिर्न समस्या नरहोस् भन्ने ध्येय मिनाहा गरिदिने गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रष्ट पारेका छन् ।

          June 9, 2022 8:50 pm | मुख्य समाचार,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: