
नर्वेमा भेटियो ३,००० वर्ष अघिको संसारकै सबैभन्दा पुरानो जुत्ता
June 6, 2022 1:42 pm

काठमाडौं । नर्वेमा भेटिएको विश्वकै सबैभन्दा पुरानो जुत्ता करिब ३,००० वर्ष पुरानो हो । यसलाई कास्य युगको जुत्ता बताइएको छ । नर्वेको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीको रिपोर्ट अनुसार यो जुत्ता ती हजारौँ प्राचिन कलाकृतिमध्ये एक हो जुन पछिल्लो दुई दशकमा यहाँ पहाडमा जमेको बरफ पग्लिएका कारण पाइएको थियो ।
यो प्राचिन जुत्ता वास्तवमा सन् २००७ मा दक्षिण नर्वेको जोतुनहेमेनको पहाडी इलाकामा भेटिएको थियो । यो छालाको जुत्ता कुनै महिला वा पुरुषको हुनसक्ने बताइएको छ । यो जुत्तासँग थुप्रै तीर र काठको कोदालो पनि भेटिएको थियो । यसमार्फत् थाहा हुन्छ कि यो इलाका शिकारको एक महत्वपूर्ण मैदान हुने गर्दथ्यो । यो जुत्ताको खोजी गर्ने अनुसन्धाताका अनुसार यो जुत्ता करिब ११०० इसापूर्वको हो, जुन नर्वेको सबैभन्दा पुरानो जुत्ता हुनसक्छ ।
June 6, 2022 1:42 pm | मिडियाबाट साभार,रोचक कुरा / टिप्सप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
