हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

June 1, 2022 2:56 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७९/०२/१८

जिल्ला झापा बिर्तामोड–२ बस्ने स्व. बृखबहादुर नेपाली (सदस्य नं. ६८२७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल वैशाख २५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड–२ बस्ने निजका श्रीमती पुन्यवती अधिकारीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल जेठ १३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारपाने कार्यालय

          June 1, 2022 2:56 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: