
नेकपा एमाले शिवसताक्षी ११ मा बृहत चुनावी र्याली, एमालेमा आस्था, विश्वास र भरोसा (फोटो फिचर)

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ११ ले निकालेको चुनावी र्याली र घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले शिवसताक्षीका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन), उपमेयर पदकी उम्मेद्वार नरमाया कार्की , वडाध्यक्ष पदका उम्मेद्वार बहादुर आङ्गबो, वडा सदस्य प्रेम भुजेल, पर्शुराम अधिकारी, महिला सदस्य एलिना राई र दलित महिला सदस्य जुनु मोहोरा सहित पार्टी प्रदेश कमिटी सचिवलाय सदस्य राजजिव घिमिरे, प्रदेश कमिटी सदस्य भोकुमारी नेपाल, शिवसताक्षी नगरपालिका मेयर चन्द्रकुमार सेर्मा, पूर्व सांसद तारासम योङ्या लगायत हजारौ संख्यामा कार्यकताहरुको उपस्थिति रहेको थियो ।
र्यालीले शिवसताक्षीको नहरचोक, दूधे बजार, झिलझिले गुम्बाडाँडामा कोण सभा सम्पन्न गरेको छ । दूधेमा भएको कोणसभामा नेकपा एमाले झापा जिल्ला इन्जार्ज अग्नी खरेलले सम्बोधन गरेका थिए । र्यालीमा कार्यकताहरुको उत्साहजनक सहभागिता रहेको थिया । कार्यक्रम नेकपा एमाले वडा कमिटी ११ अध्यक्ष डिके लामाको नेतृत्वमा भएको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
