
कमल गाउँपालिकामा सात दिवशीय कफि बनाउने तालिम सुरु

कमल । झापाको कमल गाउँपालिकाले स्थानीय युवाहरुलाई सात दिवशीय सीपमुलक तालिम दिन आजबाट सुरु गरेको छ ।
स्थानीय युवलाई सीपमुलक तालिम दिएर व्यवसायिक बनाउनने उद्देश्यले कफि बनाउने तालिम दिन सुरु गरको हो ।
पछिल्लो समय गाउँपालिकाले गाउँमै रहेका वेरोजगार युवा तथा कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवालाई शीपमुलक तालिम प्रदान गरी गाउँ मै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम प्रदान कमल गाउँपालिकाले जनाएको छ ।
तालिम गाउँपालिकाको आयोजना तथा उद्यमशील महिला जागरण केन्द्रको व्यवस्थापनमा गरिएको बताइएको छ ।
कफी सबैको प्रिय पेय पदार्थका रुपमा विकास हुँदै गएको र यो व्यवसाय तर्फ युवाहरुको आकर्षण समेत बढेकोले तालिम आयोजना गरेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । तालिमले होटल व्यवसाय गर्ने शोच भएका युवाहरुलाई प्रभावकारी बन्ने स्थानीय स्तरमा स्वरोजगार सृजना गर्न सरल हुने समते अध्यक्ष काफ्लेको भनाई थियो ।
संस्थाले गाउँपालिकाको सहयोगमा महिलाका लागि शीप विकासका साथै क्षमता अभिवृद्धि सम्वन्धी थुप्रै तालिम प्रदान गरिसकेको छ । तालिम पछि वहाँहरुले आफ्नै व्यवसाय सन्चालन गरेर आफु र आफ्नो परिवारलाई रोजगारी सृजना गर्न सक्ने उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालले बताइन् ।
प्रशिक्षर्थीलाई एकसाता लामो तालिममा कफीका विभिन्न प्रकार बनाउन सिकाईन्छ । तालिम प्राप्त गरिसके पछि सहभागीले स्वदेश आफै व्यवसाय सन्चालन गर्न सक्नेछन् विभिन्न होटलमा पनि जागारीको सुनौलो आसर प्राप्त हुने सहजकर्ता अंकित दाहालले बताए ।
कार्यक्रममा वडा नम्वर ३ का वडा अध्यक्ष नर प्रसाद दंगाल, महिला तथा वालबालीका शाखा प्रमुख रेनुका गौतम,समावेशी महिला शसक्तिकरण केन्देकी सचिव ममता गुरुङ्ग लगायतको उपस्थित रहेको थियो ।
तालिममा गाउँपालिकाका सात वटै वडा बाट ५५ जना सहमागी रहेका छन् । सहभागीलाई तिन सिप्टमा तालिम प्रदान गरिने छ । तालिमको सहजीकरण प्रकास कटुवाल र अंकित दाहालले गर्नेछन् ।
January 26, 2022 7:49 pm | विविधा,समाज,स्थानीय तहप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

भोजपुरका सात पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख अनुपस्थित

रतुवामाईको मेयरमा काङ्ग्रेस, उपमेयरमा एमाले निर्वाचित

पोखराको मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
