मधेश प्रदेशमा महिलातर्फ गठबन्धनकी उर्मिला अर्याल विजयी

January 26, 2022 6:52 pm

जनकपुरधाम- मधेश प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन्।

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।

एमाले–लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपाकी रुपाकुमारी यादवले २ हजार ७५४ मतभार मात्रै ल्याउन सकिन्।

महिला समूहतर्फको मतदानमा प्रदेशतर्फ ३ र स्थानीय तहतर्फका १६ मतदाताको मत बदर भएको थियो। यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो।

          January 26, 2022 6:52 pm | प्रदेश तह,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: