
प्रदेश १ बाट कांग्रेसका बस्नेत निर्वाचित, गोला प्रथामा एमालेका बराल पराजित
January 26, 2022 6:19 pm
गोपाल बस्नेत

विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो ।
एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । तर, गोला प्रथा गर्दा बस्नेत निर्वाचित भए ।
बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।
राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे । जसको मतभार १६८ छ ।
January 26, 2022 6:19 pm | प्रदेश तह,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

भोजपुरका सात पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख अनुपस्थित

रतुवामाईको मेयरमा काङ्ग्रेस, उपमेयरमा एमाले निर्वाचित

पोखराको मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
