झापामा १७९ जनामा कोरोना पुष्टि

January 25, 2022 7:35 pm

बिर्तामाड । झापामा गएको २४ घण्टामा १७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा मात्रै ५१ जनामा कोरोना पुष्टि भएको छ ।

बिर्तामोडमा ५१, मेचीनगरमा २३, भद्रपुरमा २०, कनकाईमा १८ , अर्जुनधारामा १६ र दमकमा ११ जनासहित १७९ जनामा कोरोना पुष्टि भएको हो । गौरीगञ्ज गाउँपालिका बाहेक सबै पालिकामा कोभिड पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा हालसम्म २७ हजार ५ सय ७८ जनामा कोरोना पुष्टि भइसकेको छ । २५ हजार ७ सय ३२ जना डिस्चार्ज भइसकेका छन् । कोरोना कै कारण जिल्लामा ६६१ जनाको ज्यान गएको छ । यस्तै, १८ वर्षमाथिका ७६.५ प्रतिशत नागरिकले जिल्लामा खोप लगाइसकेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

          January 25, 2022 7:35 pm | विविधा,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: