
शिवसताक्षीका दिलिप घिमिरेको शब्दमा ‘तिम्रो याद’ सार्वजनिक

शिवसताक्षी । गजलकार दिलिप घिमिरेको एकल नयाँ साङ्गीतिक गजल एल्बम ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ । गायक बिरेन रसाईलीको स्वर रहेको यो गीतमा भ्वाइस अफ नेपालका प्रथम विजेता सिडी बिजय अधिकारीको संगीत रहेको भिडियो सार्वजनिक भएको हो ।
घिमिरे । झापाको शिवसताक्षी –१धरमपुर निवासी सुन्दर गजल सृजना गर्ने स्रष्टा हुन् । सूर्योदय टेलिभिजनमा साहित्यिक कार्यक्रम प्रस्तोता समेत रहेका घिमिरेले तिमीलाई सम्झेपछि गजल सङ्ग्रह र दुई दर्जनभन्दा बढी साङ्गीतिक गीत,गजलहरु यस अघि नै बजारमा ल्याइएका छन् ।
विगत एक दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय बिरेन रसाइली अमेरिकाको पेन्सलभेनिया निवासी अब्बल गायक हुन् ।
खुसी उमङ्ग जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक बिरेन रसाईलीको एकल गायन र दिलिप घिमिरेको एकल शब्द रहेको यो एल्बममा छ वटा साङ्गीतिक गजल रहेका छन् ।
यस एल्बमका अन्य गीतहरुमा चर्चित संगीतकारहरुको संगीत समावेश गरिएको छ । जसमध्ये भोक प्यास, टीका प्रसाईं , बिछोडको अन्तिम पत्र बिरेन रसाइली , जुनको सेखी त्यसै झर्छ कर्म ग्याल्चन, फूलसगैं रहोस् सुवास सिडि बिजय अधिकारी, केका लागि सिउँदो भर्छौ किरण गजमेरको संगीत रहेको छ।तिम्रो याद एल्बममा रहेका अन्य गीतहरु अब चाडैं नै भिडियो सहित साङ्गीतिक बजारमा ल्याउने गायक बिरेन रसाईलीले बताए ।
राजदरबार भित्रको माया प्रेम र विरहको चित्रण गरिएको यस भिडियोमा देवेन्द्र नेवाले संगीत संयोजन गरेको यस म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन्। उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। प्रकाश धितालको निर्देशनमा बनेको भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
January 24, 2022 7:17 pm | गीत/संगीत/मनोरञ्जनप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

भोजपुरका सात पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख अनुपस्थित

रतुवामाईको मेयरमा काङ्ग्रेस, उपमेयरमा एमाले निर्वाचित

पोखराको मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
