
कोरोनाले घटायो वैदेशिक रोजगारीमा जानेको संख्या

काठमाडौँ, पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ । नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा पुस महिनामा साढे १० हजारले घटेको हो । मङ्सिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुस महिनामा ६३ हजार ८२५ जना मात्रै छन् ।
कोरोना सङ्क्रमणका कारण गत फागुुनदेखि वैशाखसम्म ठप्पजस्तै भएको वैदेशिक रोजगारी असारदेखि गति लिन थालेको थियो तर पुनः कोरोना महामारीको नयाँ लहर आएपछि भने घट्न थालेको हो ।
विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनामा दुुई लाख ९७ हजार ४०८ जनाले ९७ देशमा जानका लागि श्रम स्वीकृति लिएका छन् । साउनदेखि मङ्सिरसम्मको तथ्याङ्क हेर्दा श्रम स्वीकृति लिनेको सङ्ख्या बढदै गएको र पुसमा घटेको पाइएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा धेरै मङ्सिरमा ७४ हजार ३५४ जना र सबैभन्दा कम साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिए ।
यसैगरी पुस महिनामा ६३ हजार ८२५ जना, कात्तिक महिनामा ५४ हजार ११८ जना, असोजमा ३९ हजार ६७१ जना र भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले गएको असारदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या क्रमशः बढेकामा पुसमा कोरोना सङ्क्रमण बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्यामा पनि घट्न थालेको बताए ।
पछिल्लो पटक नेपाल र नेपालीका श्रम गन्तव्य देशमा नयाँ भेरियन्टको कोरोनाको सङ्ख्या बढेकाले माघ महिनामा यसको सङ्ख्या अझै घट्ने उनको भनाइ छ ।
संस्थागत रूपमा श्रम स्वीकृति लिएर जाने बढे
विभागका अनुसार पछिल्लो महिना व्यक्तिगतभन्दा संस्थागत रूपमा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या बढेको छ । पुस ६३ हजार ८२५ जनाले श्रम स्वीकृति लिएकामा महिनामा ३३ हजार २२५ जनाले संस्थागत श्रम स्वीकृति लिए भने ३० हजार ६०० जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् ।
मङ्सिर महिनामा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा संस्थागत रूपमा ३१ हजारले मात्रै लिएका थिए भने ३९ हजार ३५४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
साउदी अरब जाने बढे
विभागका अनुसार पछिल्लो छ महिनामा नेपालीका प्रमुख गन्तव्य देश साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । पछिल्लो छ महिनामा साउदी अरब र कतारमा एक/एक लाख जना रोजगारीका लागि श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।
यस्तै यूएईमा पछिल्लो छ महिनामा ५८ हजार ११४ जना नेपाली कामदार रोजगारीका लागि गएका छन् । ओमान, कुवेत, माल्दिभ्स, रोमानिया, साइप्रस, बहराइनसहितका ९८ देशमा श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।
January 23, 2022 12:17 pm | अर्थतन्त्र,परदेश (प्रवास),मुख्य समाचार,राष्ट्रिय समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

भोजपुरका सात पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख अनुपस्थित

रतुवामाईको मेयरमा काङ्ग्रेस, उपमेयरमा एमाले निर्वाचित

पोखराको मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
