विर्तामोडका सडकमा दुर्घटना न्यूनीकरणका लागि होडिङ बोर्ड राखिदै

January 15, 2022 12:34 pm

विर्तामोड । चिसो मौसम बढे संगै सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोड राख्न थालिएको छ।

रास्ट्रिय युवा परिषद जिल्ला युवा समिती झापा र पुर्वेली यातायात मजदूर प्राली तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना हुने स्थानमा होडिङ्ग बोड राखिएको समिति अध्यक्ष मदन बुढाथोकीले बताए ।

शनिबार बिर्तामोड ३ स्थित बिर्ता बजार प्रहरी चौकी परिसरमा आयोजित एक कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख पबित्रा महतरा प्रसाईं एमाले नगर कमिटी अध्यक्ष सुभाष भट्टराई पूर्वेलीका अध्यक्ष हरि बास्कोटा सचिव गणेश कोईराला र सामाजिक युवा कैलाश प्रसाईँको उपस्थितमा ती सामाग्री हस्तान्तरण गरिएको हो ।

सवारीको चाप र बाक्लो हुस्सुले दुर्घटनाको जोखिम बड्न थालेको छ । यसलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्न अट्टो चालकलाई तालिम दिइएको र विभिन्न रचनात्मक गतिविधिलाई सरोकारवाला स्थानीय संघसंस्थासंँग समन्वय गरी कार्यक्रम गरिएको पूर्वेलीका सचिव गणेश कोइरालाले बताए ।

          January 15, 2022 12:34 pm | विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: