

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

एजेन्सी, मासु खानका लागि विश्वभर सुँगुरको उपयोग त हुँदै आएको कुरा सबैलाई विदितै छ । अब त सुँगुरको मुटु खानको लागि मात्र होइन, मानवलाई सास फेर्नको लागि समेत उपयोग हुने भएको छ ।
मेरिल्याण्ड विश्वविद्यालय मेडिकल सेन्टरमा तीन दिन अघि गरिएको शल्यक्रियामा सुँगुरको मुटु मानवलाई प्रत्यारोपण गरिएपछि मुटुको पर्खाइमा वर्षौदेखि बसिरहेका मानिसहरु हर्षित भएका छन् । यसले अब हजारौँ मानिसहरु लाभान्वित हुने भएका छन् ।
हाल अमेरिकामा मात्र एक लाख मानिसहरु ठूलो शारीरिक कष्ट झेलेर मुटुको पत्यारोपणको पर्खाइमा बाँचिरहेका छन् । त्यसमध्ये प्रतिवर्ष छ हजार मानिसहरु कुनै व्यक्तिको मुटु दान नपाएर अकालमै मर्ने गरेका छन् भने तीन हजारले मात्र दानको मुटु पाएर जसोतसो प्रत्यारोपण गर्ने गरेका छन् ।
सुँगुरको मुटु मानवमाथि सफल प्रत्यारोपण गरिएको यो पहिलो पटक हो । मेरिल्याण्ड निवासी ५७ वर्षीय डेभ वेनेट त्यस्ता भाग्यमानी र साहसी दुवै व्यक्ति हुन् जसको छातीभित्र अहिले तीन दिनदेखि सुँगुरको मुटुको धड्कन बजिरहेको छ ।
चिकित्सकहरुका अनुसार, उनी विना भेन्टिलेटरको सहायताले अहिले सास फेरिरहेका छन् । अमेरिकी समाचारहरुले यो पत्यारोपणलाई निकै महत्वका साथ प्रवाहित र प्रक्षेपण गरेका छन् ।
समाचारपत्रका अनुसार, डाक्टर वार्टली ग्रिफिथको नेतृत्वमा छ सात जना चिकित्सकले गत शुक्रवार यो शल्यक्रिया सम्पन्न गरेका थिए । पुरानो मुटु झिकेर नयाँ सुँगुरको मुटु हाल्नका लागि पूरा नौ घण्टा समय लागेको थियो ।
मानव शरीरमा प्रत्यारोपण गर्ने उद्धेश्यले उत्पादन गरिएको यो सृुँगर एक वर्ष उमेरको थियो भने यसको तौल दुइ सय ४० पौण्ड थियो । मानिस र सुँगुरको मुटु लगभग मिल्ने गरेको चिकित्सकहरुको भनाइ छ ।
यो वास्तवमा ऐतिहासिक उपलब्धि हो, अब कसैले पनि मुटु नपाएर मर्नु पर्दैन न्यूयोर्क विश्वविद्यालय, लंगुनका शल्यचिकित्सक रवर्ट मोन्टगोमेरीको भनाइ छ । उनै मोन्टेगोमेरीले गत सेप्टेम्वरमा सुँगुरको किड्नी मानवमा प्रत्यारोपण गरेका थिए, तर त्यो सफल भने भएन ।
यो घटनाले उता पशु अधिकारकर्मीहरुको टाउको दुखेको छ । उनीहरु सुँगुरको मुटु प्रत्यारोपण गर्न नहुने तर्क गरिरहेका छन् ।
बिरामी डेभ वेनेटका छोरा डेभिडका अनुसार, डेभ तीनवटा सिँढी उक्लन पनि सक्दैनथे । उनलाई मुटुमा ठूलो समस्या थियो । उनलाई बचाउन हरसंभव उपाय भयो, कतिपय उनले अस्वीकार पनि गरे तर अन्तमा सुँगुरको मुटु पाए । यो नै उनको लागि सर्वोत्तम अवसर हो, छोरा डेभिड भन्छन् ।
डेभिडका अनुसार, उनका बाबुले भनेका थिए, तिमीहरुले केही चिन्ता नगर, मलाई भगवानले हातको सहारा दिनेछन् । शल्यक्रियामा जानु अघि डेभले भनेका थिए जे सुकै परिणाम आओस् म अरु मानिसलाई मदत गर्न चाहन्छु ।
उनी आफ्नो शरीरमा अब केही समयपछि पुनः मानिसकै मुटु राख्न चाहन्छन् ।
January 11, 2022 7:26 pm | रोचक कुरा / टिप्स,विश्व समाचार
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
