विर्तामोड नगरपालिकाबाट बिदाइ भए प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना

January 10, 2022 8:19 pm

विर्तामोड । बिर्तामोड नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल सहित ३ जना कर्मचारीको विदाई गरेको छ ।

नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमकावीच बिर्तामोडबाट पाँचथरको फिदिम नगरपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल,सेवा निवृत्त भएका शाखा अधिकृत देवराज कार्की र स्वास्थ्य सेवाबाट निवृत सिनियर अनमि रितादेवी दाहाललाई सम्मान सहित विदाइ गरिएको हो ।

विदाइ हुने कर्मचारीहरुलाई नगरप्रमुख धु्रवकुमार शिवाकोटी र उपप्रमुख पवित्रादेवी महातारा प्रसाईले दोसल्लाह ओढाएर सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

यस्तै विभिन्न वडाका वडाध्यक्ष,वडासदस्य तथा कर्मचारीहरुले खादा तथा माला र अविर लगाएर विदाई गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख शिवाकोटीले विदाई भएर जानेहरुलाई आगामी दिनका लागि शुभकामना दिंदै प्रमुख प्रशासकीय अधिकृत दाहाल विधि र पद्वतिको ख्याल गर्ने कुशल नेतृत्वका धनि रहेको भन्दै उच्च प्रसंशा गरे ।

उपप्रमुख महतारा प्रसाईँले प्रमुख प्रशासकीय अधिकृत दाहाल नीतिगत र सुशासनको पक्षमा अव्वल रहेको बताएकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दाहालले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारीीचको सन्तुलन राम्रो रहेको उल्लेख गर्दै आफूले २०६१ सादेखि स्थानीय तहमा काम गर्दै आएको भएपनि अन्य पालिका भन्दा बिर्तामोड पृथक धारण राखे ।

जनप्रशासन र विकास प्रशासनमा आवद्व रहेका २ वटा पाटाहरु पुग्ने एउटै गन्तव्य जनतालाई सेवा सुविधा प्रदान गर्नु नै रहेको उनको भनाइ थियो ।

यस्तै सेवा निवृत भएका शाखा अधिकृत कार्कीले आफू कार्यरत रहँदा सबै क्षेत्रबाट सकरात्मक सहयोग मिलेको बताउँदै देशमा राजनीतिक परिवर्तनका लागि राष्ट्र सेवकहरुको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा वडानम्बर ६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा र वडा नम्बर ९ का वडाध्यक्ष पवित्रा पाठकले शुभकामना मन्तव्य राखेका थिए । नगरप्रुमख शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले स्वागत तथा वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

          January 10, 2022 8:19 pm | समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: