झापा सामुदायिक सहकारीमा नयाँ कार्यसमिति चयन

January 8, 2022 6:36 pm

भद्रपुर । झापा सामुदायिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड भद्रपुरको १५ औं वार्षिक साधारण सभा तथा अधिवेशनले हरिप्रसाद गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको गरेको छ ।

४ वर्षे कार्यकालका लागि सभाले उपाध्यक्षमा भरत पोखरेल ,सचिव टिकाराम उप्रेती, सहसचिवमा मीनप्रसाद पोखरेल, कोषाध्यक्षमा उर्मिला गौतम र सदस्यहरूमा क्रमशः गोमा घिमिरे, निर्मला भट्टराई, गंगा नेपभल, विपिन भट्टराइर्, घनश्याम अधिकारी र ससिम पोखरेललाई निर्विरोध चयन गरेको हो ।

यसैगरी हरिकिशोर आचार्यको संयोजकत्वम भरत लम्साल र कुबेर बराल सदस्य रहने गरी लेखा समितिको समेत गठन गरेको निर्वाचन सम्योजक गोपाल आचार्यले जानकारी दिए ।

संस्थाका अध्यक्ष विवेक पोखरेलको सभापतित्व तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा ज्ञानोदय शिक्षक बचतका गोपिकृष्ण न्यौपाने ,प्रकाश कृषि सहकारी कि मन्जु पोख्रेल, नेपाल लेखापढी बचत सहकारीका महेश भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लक्ष्मीदेवी राउतलाई उत्कृष्ट बचतकर्ता, मुकुन्दप्रसाद शर्मालाई उत्कृष्ट ऋणीको रुपमा, विरेन्द्र न्यौपानेलाई उत्कृष्ट अनिवार्य बचत कर्ताको रूपमा र उमादेवी लम्साल र कालीप्रसाद घिमिरेलाई जेष्ठ सदस्यको रुपमा तथा सुरेन्द्र शर्मा र प्रविधि पोखरेललाई उत्कृष्ट शेयर सदस्य सन्ततीको रूपमा सम्मान गरिएको थियो ।

          January 8, 2022 6:36 pm | विविधा,सहकारी


प्रतिकृयाहरू :

समाचारहरु: