कचनकवलमा बृहत निःशुल्क स्वास्थ्य शिविर, शुक्रबार पनि सञ्चालन हुने

January 6, 2022 8:22 pm

कचनकवल । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोग सम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

दूरदराजका विपन्न समुदाय तथा मजदूरहरुलाई लक्षित गरेर काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी क्लव अफ भद्रपुर, इनरह्विल क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर, इन्ट्रयाक्ट क्लव अफ भद्रपुर र नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको व्यवस्थापनमा कचनकवल २ नं वडा कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।

नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. युवराज खरेलको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले शिविरमा आएका सेवाग्राही र बिरामीको चेकजाँज गरेको थियो । चिकित्सकीय टोलीमा विशेषत्र डा. समिर कार्की, डा. अनिश ज्ञवाली, स्वास्थ्यकर्मी मैना गुरुङ, क्षितिज गड्तौला लगायत मेची अस्पताल, भद्रपुर नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यर्कीहरु समेत रहेका थिए । शिविर व्यवस्थापनमा भद्रपुरका रोटरियनहरुको उल्लेख्य सहभागिता थियो ।

शिविरमा कचनकवलका दूरदराजबाट बृद्धबृद्धा, विपन्न परिवार र मजदुरहरु उल्लेख्य मात्रामा सेवा लिन आएको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाले जानकारी दिए । शिविरबाट पहिलो दिन आज ४०० जनाभन्दा बढीले सेवा लिएको जनाइएको छ ।

भोलि शुक्रबार सो स्वास्थ्य शिविरका चिकित्सकहरुले कचनकवलकै वडा नं ६ को बनियानीमा सञ्चालन हुने नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिएका छन् ।

शिविर अर्थोपेडिक अस्पतालको वार्षिक कार्यक्रम तालिका अनुसार भएको बताउँदै श्रेष्ठले शिविरमा झण्डै चार लाख रुपैयाँ बराबरको औषधी पनि निःशुल्क वितरण गरिएको जानकारी दिए ।

          January 6, 2022 8:22 pm | राष्ट्रिय समाचार,स्थानीय तह,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु: