वीरेन्द्र माविलाई माछापुच्छको सहयोग

November 26, 2021 8:00 pm

भद्रपुर । माछापुच्छ्रे्र बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत चन्द्रगढी स्थित वीरेन्द्र माध्यमिक विद्यालयलाई ५ लाख रूपैया आर्थिक सहयोग गरेको छ ।

बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले विद्यालयका प्रधानअध्यापक खिलराज कोइरालालाई विद्यालयको प्राङ्गण निमार्णका लागि ५ लाखको चेक आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरेका हुन् ।

आर्थिक अभावमा विद्मालयमा व्यवस्थित प्राङ्गण निर्माण हुन नसक्दा वर्षाको समयमा हिलो र हिउँदमा धुलोको सामना गरिरहेका विद्यार्थीको समस्या घटाउन आर्थिक सहयोग गरिएको बैंकका कार्यकारी अधिकृत कोइरालाको भनाइ छ ।

          November 26, 2021 8:00 pm | अर्थतन्त्र,समाज

प्रतिकृयाहरू :

समाचारहरु: