

गोल्डेन अस्पतालका एक बिरामीले गरे आत्महत्या

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले आत्महत्या गरेका हुन् ।
मंसिर ४ गते भर्ना भएका मण्डललाई अस्पतालले मंसिर ७ गते डिस्चार्ज गरे पनि उपचार खर्च १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान नपाएको आफन्त कृष्ण मण्डलले बताए ।
शुक्रबार बिहान करिब ६ बजे अस्पतालबाट हामफालेका मण्डलको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।
अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार छारे रोगको उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । उपचार खर्च ३६ हजार लागेकामा मण्डल परिवारले १९ हजार तिर्न बाँकी अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको उनले बताए । मण्डलको उपचारका क्रममा ३६ हजार बिल उठेको थियो । सो मध्ये १९ हजार रूपैयाँ तिर्न बाँकी थियो ।
उपचारमा खटिएका नर्सले रोक्ने प्रयास गर्दा गर्दै मण्डलले हामफालेको अस्पतालका प्रशासकीय अधिकृत मेहताले बताए । छारे रोगको समस्या देखिएका मण्डलमा मानसिक पनि समस्या रहेको उनले बताए । मानसिक रोग भएकै कारण अस्पतालबाट हामफालेको उनले बताए ।
मण्डलको कुरुवा उनकी सासु बसेकी थिइन् । प्रहरीका अनुसार सासु शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मण्डलको मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
November 26, 2021 7:48 pm | समाज

प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
