लैंगिक हिंसा विरुद्धको अभियान, विराटनगरमा प्रभातफेरी

November 25, 2021 7:35 pm

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा आज विहान विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नु पर्ने बताए । निरन्तरको अभियानले लैंगिक हिंसा सँधैका लागि अन्त्य गर्न सकिने मन्त्री यादवले बताउनुभयो । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान शुरुवात गर्दे विहान विराटनगरमा प्रभातफेरि निकालिएको छ । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाका लगायतकाको प्रभातफेरिमा सहभागिता रहेको थियो ।

देवकोटा चौकबाट शुरु ¥यालीले बजार परिक्रमा गरि पुन देवकोटा चौकमा आएर समापन भएको थियो । अभियान अन्र्तगत आज साँझ ५ वजे ट्राफिक चौकमा दीपप्रज्वलन गरिने कार्यक्रम तय गरिएको सामाकिज विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँका अनुसार १६ दिन भरि नै जनचेतनामुलक विविध कार्यक्रम सञ्चालन हुने छ ।

साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।

          November 25, 2021 7:35 pm | प्रदेश तह,समाज

प्रतिकृयाहरू :

समाचारहरु: