२२५ जनाको एमाले केन्द्रीय कमिटी यसरी चयन गरिँदैछ

November 24, 2021 8:32 pm

काठमाडौ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि तयारी पूरा भएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयस्थित आयोगको कार्यालयले आन्तरिक तयारी पूरा गरेको जानकारी गराएको हो । आयोगले विहीवारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्नेछ ।

नेकपा एमालेको ऐतिहासिक अधिवेशनको उद्घाटन समारोह मंसिर १० गते चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । आयोगले त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनाएको छ भने ११ गते वेलुकी ६ वजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुनेछ ।

१०० वटा भोटिङ मेशिनको व्यवस्था

एकसय वटा विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन)बाट मतदान गराउने योजना निर्वाचन आयोगको छ । आयोगले ९२ वटा मेशिनहरु निर्वाचनका लागि प्रयोग गर्नेछ । तीनवटा मेशिन नमूना मतदानका लागि आयोगको कार्यालय अगाडि खुलारुपमा राखिने छ । ती मेशिनहरु मतदान कसरी गर्ने सिक्नका लागि राखिने छ । पाँचवटा मेशिनहरु जगेडामा राखिने छ । मतदानका क्रममा कुनै मेशिनमा गडवडी आएमा जगेडाका मेशिनहरु प्रयोग गरिनेछ ।

एकजना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेशिनमा करिब २२ जनादेखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजासमेत आउने गरी मतगणनाको व्यवस्था गरिने छ । प्रत्येक मेशिनबाट अलग अलग मतगणना गर्ने भएको हुँदा त्यति समय लाग्ने आयोगको भनाई छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्योभन्दा चाँडो नतिजा आउनसक्छ ।

५० क्षेत्रमा निर्वाचन हुने

नेकपा एमालेको विधान अनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन गर्नुपर्ने हुन्छ । १५ जना पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् ।

निर्वाचन हुने क्षेत्र र संख्या

क्र.सं. क्षेत्र खुला महिला  जम्मा
पदाधिकारी १५ १५
७ वटा प्रदेश २८ १४ ४२
उपत्यका विशेष
सम्पर्क समन्वय
आदिवासी जनजाति १५ २२
 मधेसी ११ १६
दलित  १०
थारु  २
मुस्लिम
१० श्रमिक
११ पिछडिएको क्षेत्र
१२ खुला क्षेत्र ६० ३८ ९८
जम्मा १५० ७५ २२५

केन्द्रीय आयोगको निर्वाचन

                                               अध्यक्ष   उपाध्यक्ष    सचिव    महिला सदस्य    खुलासदस्य         जम्मा
केन्द्रीय अनुशासन आयोग            १             १              १                ५                    ७                     १५
केन्द्रीय लेखा आयोग                    १             १              १                 ५                    ७                     १५

प्रतिनिधिलाई उम्मेदवारको जानकारी

निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुलाई मतदान गर्न सहज बनाउन मंसिर ११ गते राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउने छ । मंसिर १२ गते बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशित प्रति प्रतिनिधिको हातहातमा पुर्याइसकिने छ । मतदान गर्न सजिलोको लागि प्रतिनिधिहरुलाई प्रकाशित प्रति साथै लान छुट दिइनेछ ।

मतदान गर्ने तरिका

निर्वाचन आयोगले प्रतिनिधिलाई मतदान गर्न सहज वनाएको छ । विद्युतीय मतदान मेशिनमा उम्मेदवारको विवरण हुन्छ । रोजेको विवरणको रातो स्वस्तिक चिन्हमा औलाले थिच्ने वित्तिकै मतदान हुन्छ । भूलवस गलत ठाउँमा थिचिएको भए पुनः त्यहीँ स्वस्तिकमा थिचेर सच्याउन सकिन्छ ।

निर्वाचनका क्रममा तोकिएको संख्या भन्दा वढी मतदान गर्न मिल्दैन । कम संख्यामा भने मतदान गर्न पाइन्छ ।

प्यानल र प्रचारमा बन्देज

आयोगले निर्वाचनको क्रममा प्यानल बनाउन नपाउने व्यवस्था गरेको छ । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियम अनुसार कार्वाहीको व्यवस्था गरेको छ ।

कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, व्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्न वन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचय बाहेक अन्य सामग्रीहरु सार्वजनिक गरेमा नियमअनुसार कार्वाही गरिने छ ।

          November 24, 2021 8:32 pm | मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: