सतासीधाम जेसीजद्वारा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना

November 23, 2021 8:53 pm

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले मंगलबार लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम गरेको छ । जेसीजले जेसीज सप्ताहको दोस्रो दिन शिवसताक्षीको माइधारमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम गरेको हो ।

सचेतना कार्यक्रममा प्लेकार्ड सहित १५० बढी विद्यार्थीले माइधार बजार परिक्रममा गरेका थिए । कार्यक्रममा रेडरोज बोर्डिङ स्कुल र मेची इंलिस स्कुलका विद्यार्थीहरुलाई सहभागीता गराइएको कार्यक्रम संयोजक पदम कुवँरले जानकारी दिए ।

कार्यक्रममा लागुऔषध विरुद्धको सचेतनाको प्रशिक्षण पनि गराइएको थियो ।

युवा पुस्तालाई लागु औषधमा फस्न नदिन कार्यक्रम गरिएको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कमल सेन्चुरीले जानकारी दिए ।

          November 23, 2021 8:53 pm | विविधा,समाज


प्रतिकृयाहरू :

समाचारहरु: