एनएमसी कोपसपको डबल पर्व धमाका लक्की ड्र गरियो

November 23, 2021 3:07 pm

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको चौथो व्यवसाय एनएमसी सहकारी पसलले दशैं, तिहार र छठपर्वलाई लक्षित गरी सञ्चालन गरेको डबल पर्व धमाकाको लक्की ड्र गरिएको छ ।

कोपसपले एक हजार रुपैयाँको सामान खरिदमा सिल्भर कुपन र पाँच हजार रुपैयाँको सामान खरिदमा गोल्डेन कुपन बनाएर उपभोक्तालाई वितरण गरेको थियो । सिल्भर कुपनको लक्की ड्र सम्बन्धित १२ वटै कोपसपमा मंसीर ५ गते गरिएको थियो भने गोल्डेन कुपनको लक्की ड्र मंसीर ६ गते बिर्तामोडमा रहेको एनएमसी सहकारी पसलमा गरिएको थियो । १२ वटै सहकारी पसलबाट कुपनहरु संकलन गरी बिर्तामोड कोपसपको प्राङ्गणमा सयौं उपभोक्तामाझ लक्की ड्र गरिएको हो ।

सो कार्यक्रममा संस्था सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक सदस्यहरु डम्बरबहादुर बस्नेत, हिरा पोखरेल, कोपसप ब्यवसाय उपसमिति संयोजक सूर्यप्रसाद मैनालीसहित उपसमितिका पदाधिकारी–सदस्यहरु, कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो ।

गोल्डेन कुपनको लक्की ड्रको अवसरमा संस्थाका कारोबारहरुको बारेमा जानकारी गराउँदै अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारी पसलबाट आफ्ना सदस्यहरुसहित आम उपभोक्ताले सुपथ मूल्यमा सामान खरिद गर्न पाएको दावी गरे ।

पाँच हजार रुपैयाँको खरिदमा गोल्डेन कुपन पाएर बक्समा राख्ने उपभोक्ताबीच गरिएको लक्की ड्रबाट सात जनाले पुरस्कार वापत भेस्पा स्कुटी, आइफोन ११, फ्रिज, वासिङ मेसिन, ४२ इन्चको एलइडी टिभी लगायत ७ वटा पुरस्कार राखिएको थियो ।

यसैगरी संस्थाका १२ वटै कोपसपमा मंसीर ५ गते एकसाथ सिल्भर कुपनको लक्की ड्र गरिएको थियो । सिल्भर कुपनको लक्की ड्रबाट पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३ हजारको सपिङ भौचर तथा १० वटा सान्त्वना पुरस्कार अन्तरगत १–१ हजारको सपिङ भौचर र ८ वटा गिफ्ट ह्याम्पर राखिएको थियो ।

एनएमसी सहकारी पसलले चाडपर्वको अवसर पारेर सिल्भर कुपन र गोल्डेन कुपन किन राखेको भन्ने सन्दर्र्भमा मन्तब्य राख्दै सञ्चालक समितिका सदस्य डम्बर बहादुर बस्नेतले सहकारी पसल चिनाउन पनि यस्तो योजना अघि सारिएको बताए ।

सहकारी पसलले उपभोक्ताबाट अतिरिक्त शुल्क नलिई ग्राहक आकर्षण गर्न तथा सहकारी पसलको सेवा प्रवाहका बारेमा जानकारी दिलाउन लक्की ड्रको अवधारणा ल्याइएको कोपसप व्यवसायका प्रशासन प्रमुख नविन भण्डारीले बताएका छन् ।

          November 23, 2021 3:07 pm | अर्थतन्त्र,मुख्य समाचार,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: