सहकारी अभियान्ता खड्का सम्मानित

November 20, 2021 7:02 pm

दमक । सहकारी अभियन्ता चन्द्रा खड्का भट्टराईलाई नेपाल बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघले ३० औं बार्षिक साधारणसभाको अवसर पारेर खड्कालाइ र्का सम्मान गरिएको हो ।

नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघकी पुर्व सञ्चालक समेत रहेकी खड्कालाई शुक्रबार राजधानी काठमाण्डौमा आयोजित संघको साधारणसभामा सम्मान गरिएको थियो । दमकमा केन्द्रिय कार्यालय रहेको उद्यम बिकाश वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष खड्काले सहकारीको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको संघका अध्यक्ष परितोष पौडेलले जानकारी दिए ।

२०५६ साल देखी सहकारीको क्षेत्रमा लाग्नु भएकी खड्का वचत तथा ऋण सहकारी संघ जिल्ला उपाध्यक्ष र हाल नेपाली कांग्रेसको सहकारी बिभाग केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ की संयोजक समेत रहेकी थिइन् ।

          November 20, 2021 7:02 pm | विविधा,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: