मंसिर १० गते वाटर किङडम पार्क झिलझिलेमा मंगोलियन हार्डको बेजोड प्रस्तुती रहने

November 10, 2021 7:26 pm

शिवसताक्षी । झापा शिवसताक्षीमा यही मंसिर १० गते बृहत कन्र्सट हुने भएको छ । शिवतसाक्षीको  झिलझिले स्थित वाटर किङ्डम पार्कमा बृहत कन्र्सट हुने भएको हो । १० गते साँझ गायक राजु लामासहित मंगोलियन हार्ड व्याण्डको बेजोड प्रस्तुती रहने वाटर किङ्डम पार्क झिलझिलेले जनाएको छ ।

पूर्वकै ठूलो लगानीमा खोलिएको वाटर किङ्डम पार्कका १० गते साँझ ४५ सय मानिसहरु कन्र्सटमा सहभागी गराईने पार्क सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिए । उनका अनुसार हालसम्म २ हजार माथि टिकट विक्री भइसकेको छ । कन्र्सटमा सहभागीका लागि १ हजारको टिकट लिए एउटा क्यान वियर फ्रि गरिएको वाटर किङ्डम पार्कले जनाएको छ । हाल झापालगायत अन्य जिल्लामा पनि टिकट विक्री भइरहेको बताइएको छ ।

पार्कमा थ्रि स्टार लेभलको होटल समेत सञ्चालनमा ल्याइएको छ । टाडाबाट घुम्न अथवा कन्र्सट हेर्न आउने आगन्तुहरुलाई खान बस्नको लागि राम्रो प्रबन्ध रहेको समेत जनाइएको छ ।
पूर्वमा पर्यटकीय गन्तव्य बनाउन पार्क सञ्चालन गरिएको सञ्चालक संग्रौलाको भनाई छ । सञ्चालक संगौलाले राजु लामाको कन्र्सटमा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन् ।

          November 10, 2021 7:26 pm | गीत/संगीत/मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु: