देवकोटा स्मारक संरक्षण समिति भद्रपुरद्वारा फरक क्षेत्रका ६ जना सम्मानित

November 4, 2021 7:49 pm

भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्म जयन्ती दिन आज देवकोटा स्मारक संरक्षण समिति भद्रपुर ९ चन्द्रगढीले काव्य पुरस्कार वितरण, स्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता गोष्ठी सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार घनेन्द्र शर्मा र विरही अधिकारीलाई स्व. मनोरथ दाहाल स्मृति काव्य पुरस्कार प्रदान गरिएको छ ।

यस्तै पत्रकार राजवावु शङ्कर र साहित्यकार तीर्थराज चापागाईलाई स्रष्टा सम्मान गरिएको छ भने रफत प्रबिन र राजेस राईलाई शैक्षिक उन्नयन पुरस्कार हस्तान्तरण गरिएको छ ।

संस्थाका सचिव राजु बरालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष खड्गप्रसाद दाहालले कार्यक्रमको औचित्य प्रकाश पार्दै आमन्त्रितहरुलाई स्वागत गरेका थिए ।

          November 4, 2021 7:49 pm | समाज,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: