बिर्तामोडमा राति ८ बजेपछि देउसी, भैलो खेल्न नपाइने

November 3, 2021 6:46 pm

बिर्तामोड । बिर्तामोड नगरपालिकाले तिहारमा मनोरञ्जनका लागि परम्परादेखि खेलिँदै आएको देउसी, भैलो बेलुका ८ बजेपछि नखेल्न नगरबासीलाई आग्रह गरेको छ ।

कोरोना महामारीको प्रकोप अझै बाँकी रहेकोले भिडभाड हुने खालका कार्यक्रमहरु गर्नु उचित नरहेको जनाउँदै नगरपालिका कार्यालयले आज सूचना जारी गरी नगरबासीसमक्ष उक्त आग्रह गरेको हो ।

दिउँसो स्वास्थ्य सावधानी अपनाउन सकिने भएकाले तथा नगरबासीलाई रातको समयमा आराम गर्ने अवसर प्रदान गर्न राति देउसी, भैलो, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रहरु नगर्न आग्रह गरेको हो ।

          November 3, 2021 6:46 pm | गीत/संगीत/मनोरञ्जन,मुख्य समाचार,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: