सगरमाथा कला पत्रकारिता रजत सम्मान विदुर गिरीलाई

November 1, 2021 4:54 pm

काठमाडौं । तेस्रो सगरमाथा म्यूजिक अवार्ड २०७८ मा कला पत्रकारिताको माध्यमबाट कला क्षेत्रको विकास र विस्तारका लागि क्रियाशील ५ जना कला पत्रकारहरु सम्मानित हुने भएका छन् ।

आयोजक समितिका मनोज थापाका अनुसार यसवर्ष वरिष्ठ पत्रकार विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको हो । यो सम्मान कला पत्रकारितामा २५ वर्षभन्दा लामो समयदेखि सक्रिय गिरीलाई प्रदान गर्न लागिएको हो ।

त्यसैगरी अवार्डमा कृष्ण भुषाल, विष्णु सुवेदी, सुमन बैरागी र शिवराम भण्डारीलाई सगरमाथा कला पत्रकारिता सम्मान प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

सगरमाथा म्यूजिक अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा हुन लागेको हो । अवार्ड यही कार्तिक २६ गते राजधानीको रसियन कल्चर सेन्टरमा हुने जनाइएको छ ।

          November 1, 2021 4:54 pm | गीत/संगीत/मनोरञ्जन,समाज

प्रतिकृयाहरू :

समाचारहरु: