शिवसताक्षीमा लागुऔषध विरुद्ध अन्तरक्रिया

October 27, 2021 9:04 pm

शिवसताक्षी । झापा शिवसताक्षीको दुई सामुदायिक विद्यालयमा लागुऔषध विरुद्ध सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिकालाई लागुऔषध दुव्र्यसनी मुक्त बनाउने उद्देश्यले शिवसताक्षीको त्रिभुवन मावि र भानु माविमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।१२ गते गरिने भनिएको लागू औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम विद्यालयमा परीक्षा हुने भएकाले १० गते नै कार्यक्रम सम्पन्न भएको छ ।

लागू औषध दुर्व्यसनीको बिगबिगी बढिरहेको बेला शिवसताक्षीलाई लागू औषध न्यूनीकरण गर्दै मुक्त बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

पहिलो चरणमा त्रिभुवन मावि पाँचगाछीका कक्षा ९ र १० मा अध्ययन गर्ने छात्र, छात्राहरुलाई लागू औषध सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रममा सहभागी गराइएको थियो ।

शिवसताक्षी वडा नं. ४ का वडा अध्यक्ष अधिकचन ताजपुरियाले सिमावर्ती क्षेत्रका कारण १३ वर्ष माथि उमेर समूहका बालबालिकाहरु लागू औषध र्दुव्यसनमा फस्ने सम्भावना बढेको भन्दै यो कार्यक्रम प्रभावकारी भएको बताएका छन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी नायव निरीक्षक श्यामानन्द मण्डल र सन्देश युथ फाउण्डेसनका सदस्य उर्गेन तामाङले कार्यक्रमको सहजीकरण गरेका थिए ।

उनीहरुले दुर्व्यसन, धुमपान र मद्यपानबाट सुरु हुने भएकोले प्रारम्भिक समयमै विद्यार्थीहरु सचेत हुनुपर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद चापागाई समेतको मन्तव्य रहेको थियो ।

सोही दिन शिवसताक्षी ३ भानु माविको पाराबारीमा दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको थियो। अभियानका अध्यक्ष आकृति तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्य तथा स्वागत छबिलाल दवाडीले गरेका थिए भने सञ्चालन सेलिङ केसीले गरेका थिए । कार्यक्रममा अभियानका सचिव योसा थेबे, सदस्यद्वय उद्धव राई र सोनिका राईको समेत सहभागिता रहेको थियो ।

 

          October 27, 2021 9:04 pm | विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: