वडाध्यक्षद्वारा वडा कार्यालयका भवनका ५० लाख बढी मुल्य बराबरको जग्गा प्रदान

October 25, 2021 7:07 pm

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर १४ का वडाअध्यक्ष रमेश चौधरीले पचास लाख बढीको साढे २१ धुर जग्गा वडा कार्यालय भवन निर्माणका लागि प्रदान गरेका छन् । स्वर्गीय पिता उमालाल चौधरीको स्मृति र आमा चेपरी देवी थरुनीको नाममा वडाध्यक्ष चौधरीले सो जग्गा प्रदान गरेका हुन् ।

सोही जग्गामा उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले वडाकार्यालय भवन शिलान्यास गरेका छन् । १ करोड २२ लाख,५२ हजार २सय ३१ रुपियाँको लागन अनुमान रहेको वडाकार्यालय भवन निर्माण कम्पनीले ७८ लाख ८३ हजार २सय २३ रुपियाँमा सकार गरेर निर्माण सुरु गरिएको उपमहानगरपालिकाका इन्जिनियर अरुण राजलवजले जानकारी दिए ।

शिलान्यासको क्रममा बोल्दै प्रमुख चौधरीले अहिलेका जनप्रनिधिले वन्न लागेको भवनवाट सेवा दिएरै विदा हुने गरि भवन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण सामाग्री र निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने प्रमुख चौधरीले बताए । सो अवसरमा उनले वडामा बाढीले भत्काएका वाटोहरु तिहार अघिनै वनाइसक्न निर्देशन समेत दिए । वडाध्यक्ष रमेश चौधरीले पछाडीएका ठाँउहरुमा सवैले आ आफनो ठाँउवाट योगदान गर्न सके विकासमा टेवा पुग्ने वबताए । उनले निर्माण सुरु गरिएको भवन पूरा भएपछि सो भवनवाट जनताले छिटो छरितो सेवा पाउने विश्वास व्यक्त गरे । वडा सदस्य दुःखी लाल चौधरीले समयमै वडा कार्यालय भवन निर्माण हुनु पर्नेमा जोड दिए । ठेकेदार कम्पनी अग्नि एण्ड सन्स झापाका नरेन्द्र चौलागाईले समयमै भवन निर्माण सक्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

          October 25, 2021 7:07 pm | समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: