विर्तामोडका १० वटै वडामा सर्वसम्मत

October 23, 2021 9:58 pm

विर्तामोड । नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत विर्तामोड नगरपालिकाका सम्पूर्ण वडाहरुमा सर्वसम्मत वडा कमिटी चयन भएको छ ।

पार्टीको दशौ महाधिवेशन अन्तर्गत आज भएको वडाअधिवेशनबाट २ वर्षे कार्यकालका लागि ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको हो । विर्तामोड नगरपालिका वडा नं. १ को अध्यक्षमा डिल्लीमाया आचार्य सर्वसम्मत चयन भएकी छिन् ।

विर्तामोड नगरपालिका वडा नं. ४ का नव निर्वाचित अध्यक्ष अर्जुन खरेल

त्यस्तै वडा नं. २ को अध्यक्षमा हेमराज ओली, वडा नं. ३ को अध्यक्षमा कुमार बुढाथोकी, वडा नं. ४ को अध्यक्षमा अर्जुन खरेल सर्वसम्मत चयन भएका हुन् । वडा नं. ५ को अध्यक्षमा लक्ष्मी बाँस्कोटा, ६ मा आइतमाया शेर्मा, ७ मा केशव कार्की, ८ म विष्णु भट्टराई, ९ मा विष्णुमाया कोइराल र वडा नं. १० मा इन्द्र पाण्डे सर्वसम्मत चयन भएका हुन् ।

योसँगै  सबै वडाका वडा अध्यक्षसहित ३१ सदस्यी वडा कमिटी चयन भएको हो । वडा अधिवेशनमा आगामी ९ गते हुने नगर अधिवेशनका लागि पनि प्रतिनिधि छनौट गरिएको थियो ।

          October 23, 2021 9:58 pm | राजनीति,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: