फेसबुक कम्पनीलाई रिब्राण्डिङ गरिने

October 21, 2021 2:53 pm

झापा । विश्वविख्यात सामाजिक सञ्जाल फेसबुक चलाउँदै आएको कम्पनीले अब आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमा असर पारेको आरोप लागिरहेका बेला फेसबुकले रिब्रान्डिङ गर्न लागेको हो ।

यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिटै नै फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गर्ने सञ्चार माध्यमहरुमा खबर छ । त्योसँगै फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्ने जानकारहरु बताउँछन् ।तत्पश्चात् मातृ कम्पनीको नयाँ ब्यानरभित्र अन्य प्रडक्टहरुसँगै फेसबुकको एप पनि रहनेछ ।

पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । साथै फेसबुकले आफुलाई केवल सोसल मिडियाभन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहन्छ ।

फेसबुकले पछिल्लो समय स्मार्ट चश्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजार भन्दा धेरै कर्मचारी खटाइसकेको छ । फेसबुकलाई मेटाभर्स कम्पनीको रुपमा स्थापित गरिने कम्पनीका प्रवक्ताको भनाई छ ।

आफ्नो कम्पनी नाम परिवर्तन गर्ने फेसबुक पहिलो कम्पनी भने होइन । गुगलले सन् २०१५ मै मातृ कम्पनीको रुपमा अल्फाबेट खडा गरी सोही मातहत रहेको छ । त्यस्तै स्नापच्याटले सन् २०१६ मा आफूलाई स्नाप इंकको रुपमा रिब्राण्ड गरेको थियो ।

          October 21, 2021 2:53 pm | मिडियाबाट साभार,रोचक कुरा / टिप्स,विश्व समाचार

प्रतिकृयाहरू :

समाचारहरु: